Skip to main content

मैले देखेका युवा

11/03/2010

महेश बस्नेत

अध्यक्ष, युवा संघ नेपाल

युथफोर्स प्रमुख

युवा सहरका हुन् या गाउँका । उनीहरूका रहर र सपना एकै प्रकारका हुन्छन् । वातावरण, आर्थिक अवस्था र परिस्थित फरक भए पनि सबै युवा आफ्नो भविष्यप्रति चिन्तित पाएको छु, मैले । खासगरी गाउँका युवामा गाउँमै बसेर केही गर्ने र बाँकी जीवनयापन गर्ने भन्ने सोचमा बदलाव देखिएको छ । अपवादबाहेक अधिकांश युवा गाउँतिरै बसियो भने आफ्नो उमेर र समय खेर गएको ठान्दै छन् । उनीहरूका अभिभावक पनि 'छोरा सहर जाओस् र धेरै पैसा कमाओस्' भन्ने चाहन्छन् । यता बसेर उन्नति हुँदैन, जसरी जुनै पनि प्रकारले होस् उनीहरू सहर पस्न चाहन्छन् र सुखी जीवनको कल्पना गर्छन् ।

गाउँको बाबुबाजेको जमिन छाडेर, आफैँ पौरख गर्ने सोचले सहर पसेको युवा जमात ठूलो छ । सूचना र सञ्चारको विकास यसरी भइरहेको छ कि अब युवालाई 'सहर र गाउँको' भनेर वर्गीकरण गरिरहनुपर्दैन । बरु उनीहरूका सपनाचाहिँ सहरका गल्लीतिरै रमाउने हुन्छन् । गाउँमा भएको पछिल्लो द्रूतगतिको विकासले के देखाउँछ भने 'सहर गाउँमै पस्यो' । सहरलाई 'छुट्टै सहर' भनिरहनुपर्दैन । सहरका सुविधा गाउँका युवाले गाउँमै पाइरहेका छन् ।

मैले कतिपय यस्ता युवा पनि देखेको छु, जसले गाउँमै केही गर्न चाहन्छन् । यस्ता युवा छन्, जो गाउँमै अर्थोपार्जन पनि गरिरहेका छन्, र गाउँको सेवा पनि ।

सप्तरंगी सपना

गाउँतिरका राम्रो पढ्ने युवा पनि बाबुआमालाई 'अब राम्रो पढ्न नसक्ने भएँ' भन्ने प्रमाणित गर्न चाहन्छन् । र, कतार वा कुनै अरब कम्पनीमा कामदार भएर जान चाहन्छन् । अहिलेका युवा धनलाई आधार मानेर सप्तरंगी सपना सजाइरहेछन् । मान्छे बाँचेको परिवेश वा गाउँको भूगोलले पनि युवालाई आफूअनुकूल सपना देख्न लगाउँछ । सपनाका रंग पनि सांस्कृतिक विविधताअनुसार फरक-फरक हुनेरहेछन् । गाउँमा विकास चाँडै पस्यो भने वा साइबरको जगत्मा कुनै युवा छिर्न पायो भने ऊ कुनै दिन अमेरिका वा बेलायत पुग्ने सपना देख्छ ।

द्वन्द्वले युवाहरूमा धेरैखाले समस्या जन्मायो । उनीहरू शदियौँ पछाडि परे । जनसेनामा लागेका धेरै युवा युद्धमा आफूले गरेको बलिदानीलाई प्रेम गर्छन् र खुला आँखाले देखेको सपनाबाट रोमान्चित हुन्छन् । सोच्छु, आज ती गाउँले युवा आफ्नो सपनाको कति नजिक पुगे हुन् ? वा ती रोमाञ्चित सपना समयको बेगसँगै धुलिसात पो भए कि ?

द्वन्द्वपछि गाउँका धेरै युवाका सपनाले विदेशी भूमि ताक्न थालेका छन् । द्वन्द्वबाट प्रभावित कुनै दुर्गम गाउँको युवाले भारतमा सानै मजदुरीमा जान पाउनु पनि जीवनको ठूलो सपना ठान्छ वा दुबई, अरब आफ्नो सपना हुर्कने थलो भन्छ । यस्तो लाग्छ, युवाका सपना र आकांक्षा गाउँ, जंगल वा भीर-पखेरातिर कतै मिल्काइएका छन् । गाउँमै घाँस-दाउरा गर्दा पनि त्यो मनले अरबको तातो भूमि ताकिरहेको हुन्छ । सहरमा पढ्न पाएका गाउँले युवाको कुरा बेग्लै, अधिकांश दुर्गम गाउँतिरै दुःखजिलो पढ्नेहरूको एउटा साझा सपना हो-सहर ।

गाउँबाट सहर पसेका युवाका सपना र आकांक्षा धेरै त गल्लीतिरै हराउँछन् । थोरैका सपनाले मात्रै हुर्कने र फुल्ने मौका पाउँछन् । उनीहरूले सहरमा आएर पाएका अवसरले उसको सपनाले मूर्तरूप पाउने हो ।

राजमार्गका युवा

धेरै सहरी युवा आफ्नो अनिश्चित भविष्य देखेर तर्सिरहेछन् । 'अब के गर्ने' भन्ने चिन्ताले उनीहरू मनोरोगी बन्दै छन् । राम्रो पढ्ने युवा पनि आफ्नोअगाडि उभिएका धेरैखाले समस्याले 'पढेर को ठूलो हुन्छ र ?' भन्न थालेका छन् र आफ्ना दिन सहरका गन्हाउने गल्ली डुलेर बिताउँछन् । एक अर्थमा 'मनोरोगी' बनेका छन् धेरै सहरी युवा । खुला आँखाले देखेको सपना धुलो बन्दै गएपछि उनीहरूको 'जाँगर र आँट' पनि मर्दै गएको मैले देखेको छु ।

धेरै घटनाक्रमले के देखाउँछ भने सहरी युवालाई गहिरो निराशाले समातेको छ र उनीहरूको आशा, भविष्य बिस्तारै धमिलो बन्दै छ । आफ्नो मार्ग नभेट्टाएर राजमार्गमै छटपटिइरहेछन् युवा ।

सहरका युवा र रोमान्स

कतिपय युवा तीव्र आवेगको अनुभव गर्दै प्रेमिकासँग मस्त छन् । गाँजा, ड्रग्स, डिस्को र नाइट क्लब धेरै सहरी युवाको नियमित जम्ने थलो बन्दै छ । उनीहरूलाई न जागिरको चिन्ता छ न पैसाको । ती युवा पल्सर चढ्छन् र बाबुको पैसामा प्रमिकाहरूसँग डेटिङ, नाइटस्टे गर्छन् । डेटिङ त गाउँका युवाले पनि गर्छन् । तर, प्रेमका मामलामा गाउँका युवा सहरकाभन्दा संयमित हुन्छन् । सहरका युवा मल र पार्कमा डेटिङ गए पनि गाउँका युवा वन, जंगल र चौतारोमा डेटिङ जान्छन् । गाउँका युवा निश्छल प्रेम गर्छन् भने सहरको प्रेममा केही रंग घोलिएको हुन्छ । सहरका बिगे्रका युवा नगरवधू खोज्दै दिन बिताउँछन् र अँध्यारो कोठामा

मास्टरबेसन गर्छन् । तर, यसो भन्दैमा मैले मास्टरबेसन खराब भन्न खोजेको होइन । नगरवधू खोज्नुभन्दा त मास्टरबेसन ठीक ।

निराश युवा भने युवावेलाको आवेग र जोश अनुभव नै गर्न पाउँदैनन् । यहाँ युवावस्था वा तन्नेरी उमेर भनेको प्रायःजसो प्रणय र रोमान्ससँग जोडिएर आउँछ । तर, त्यो रोमान्स निराश सहरी युवाको उमेरमा आउँदैन ।

पलायनतिर युवा

मैले अघि पनि भनेँ, आफ्नो हैसियतअनुसार अहिले बढीजसो नेपाली युवा बिदेसिन चाहन्छ । पहिले र अहिलेमा समय फेरियो । सहरी मध्यमवर्ग पनि उच्चवर्गसँग आफूलाई तुलना गर्न थाले । पहिले उच्चवर्गको मात्र रोजाइ हुन्थ्यो अमेरिका, बेलायत । अब सहरी मध्यमवर्ग पनि अमेरिका, बेलायत जान धेरै लालायित छ । सहरका अमेरिकी सूचनाकेन्द्र धाउने वा डिभी भर्ने अधिकांश युवा मध्यमवर्गीय हुन् ।

धरान-धनकुटातिरका लगभग सबै केटा फरक सपना देख्छन्-लाहुरे बन्ने । सके बेलायत, नसके भारत नै भए पनि हुन्छ, उनीहरूलाई । अनेक दुःखपछि थोरैले मात्र नाम निकाल्छन् र हानिन्छन् विदेशी भूमि लाहुरे भएर ।

साह्रै दुःखी हुन्छन्, निम्नवर्गीय युवा । पैसाको अभावमा उनीहरू अमेरिका वा बेलायत सपनामा पनि सोच्न सक्दैनन् । बरु, ऋणै काढेर भए पनि अरबका मुलुक ताक्छन् । नकातेर पनि के सुख ? घरमा श्रीमतीको पेटमा बच्चा छ, तर खाने अन्न छैन । मलेसियाका घना जंगल वा अरबका कुनै देशका ताता बालुवामा उनीहरू आफ्ना कतै छुटेका सपना बटुलबाटुल गर्छन् । सर्पले टोक्ने जंगलतिर भेडाबाख्रा लिएर पुग्छन् । र, कत्तिको सास उतै अड्किन्छ । र, महिनौँपछि बरफमा सुतेको लास परिवारले पाउँछन्, वा सफलै भए पनि आफ्नो स्वणिर्म समय विदेशतिरै बिताउँछन् । युवाहरू भारतको बिहार, पन्जाव, गुजरात वा राजस्थानतिर पुग्छन् । युवतीहरू पश्चिम एसियाका सम्भ्रान्तको घरको भुइँ पुछ्न वा खुट्टा मिच्न पुग्छन् । मनमा दुई/चार पैसा जोगाउनेबाहेक केही सपना हुँदैन । बम्बईको फर्रास रोड वा दिल्लीको जिबी रोड, त्यहाँका कोठीमा हजारौँ नेपाली चेली मलिन अनुहार लिएर भारतीय रक्स्याहा, कुल्लीलाई आफ्नो कोमल शरीर सुम्पन विवश छन् । कोठीमा रोइरहेका युवतीको आँसुले के संकेत गर्छ कुन्नि ?

पहाड र तराईतिर बस्ने सबै युवाको साझा समस्या बनेको छ- विदेश पलायन । पहाडमा एकातिर पहिरो जान्छ । परिवार पूरै पोको पन्तुरो बोकेर अर्को ठाउँ सर्छ । अब त्यस घरको युवाको बाध्यता बन्छ भारतमा कुल्ली बन्न जानु । नगएर पनि के गर्ने ? यहाँ गरिखाऊँ पाखोबारी छैन । नजाऊँ रोजगारी छैन । यस्तै द्विविधामा उनीहरू 'भारत भरोसा' भन्छन् ।

यहाँ युवा सक्षम छन् । तर, देशको प्रत्येक परिवर्तनमा उनीहरू निराश भए । सक्षम युवाको एउटा सिंगो पुस्ता नै पलायन हुँदै छ । यहाँ केही पढेका युवा अमेरिका, बेलायत वा नपढेकाहरू भारत, अरब ताक्ने चलन नै बन्न थालेको छ । यदि यस्तै भइरहने हो भने, यो देश बूढाहरूकै हातमा लुटुपुटु गरिरहनेछ ।

राजनीतिक युवा

म युवा । युवावेलाको जोश, जाँगर र स्वणिर्म समय राजनीतिमा लगाइरहेको छु । राजनीतिमा लागेरै पनि म सन्तुष्ट छु । मलाई लाग्छ, राजनीतिमा लागेका युवा नेतृत्व र नीति-निर्माण तहमा पुग्न नसके पनि वा महत्त्वपूर्ण जिम्मेवारी पाउन नसके पनि निराश छैनन् । देशको अवस्था बिगँ्रदै गएकोमा उनीहरूलाई चिन्ता लाग्नु स्वाभाविक हो । तर, राजनीतिक नेतृत्वमा

परिवर्तन हुँदै गएको र विगतको तुलनामा युवाले जिम्मेवारी पाउन थालेकाले अवस्था सुध्रनेमा पनि राजनीतिमा लागेका युवा आशावादी लाग्छन् । मैले भनिहालेँ नि ! देशको राजनीतिक नेतृत्वमा पुग्न नसके पनि नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार चलाउन सफल छन्, अहिलेका युवा ।

युवा सडकमा जान्छन् । आन्दोलनमा नारा लगाउँछन् र रमाइलो गर्छन् । युवा राजनीतिकर्मी सन्तुष्ट हुनुको एउटै कारण उनीहरूले सडकमा उठाएका र आन्दोलनमा अघि बढाएका राजनीतिक एजेन्डाले मुलुकको नेतृत्व गर्न सक्नु पनि हो भन्ने लाग्छ । समाजमा हुने भौतिक र वैचारिकमध्ये युवाहरू अहिले वैचारिक नेतृत्वमा अग्रसर छन् । अब लाग्छ, समयको प्रवाहसँगै भौतिक नेतृत्व पनि युवाहरूकै हातमा हुनेछ । दलहरूको नेतृत्वतहमा युवा सहभागिता पछिल्ला दिनमा निकै बढेको छ । तर, युवामा एउटा कुरा खट्किएकै हुन्छ, त्यो के भने, अझै पनि युवाको समस्या र सम्भावनालाई सम्बोधन गर्न विशेष नीति-निर्माण गर्ने सोच दलहरूसँग छैन । राजनीतिमा पनि पुस्तान्तरको समस्या छ । पुरानो पुस्ता युवाको समस्या हत्तपत्त बुझ्दैन र नयाँ पुस्तालाई पनि पुरानोले 'हाम्रो सम्बोधन गरेन र हामीलाई बुझेन' भन्ने लागिरहेको छ ।

राजनीति गर्ने युवालाई ठूलो समस्या छ, नेतृत्व खुसी बनाउनुपर्ने । नेतृत्वको बफादार कार्यकर्ता बन्नु अहिलेसम्म पनि युवाको प्रमुख योग्यता मानिन्छ । अहिलेसम्म पनि नेतृत्व खुसी नहुँदा आफ्नो उन्नतिको मार्ग कम हुने युवा ठान्छन् । खासमा यो अवस्था पहिलेदेखि नै राजनीतिमा विद्यमान छ ।

युवा र विद्यार्थी संगठनको संरचना पनि राजनीतिक दलहरूकै जस्तो छ, जसले युवालाई नेतृत्वतहमा पुग्नबाट रोकिरहेको छ । त्यहाँ पनि अनुभव र आन्दोलनमा उसले पुर्‍याएको योगदानलाई नै नेतृत्वको प्रमुख सर्त बनाइन्छ । एउटा मान्छे समूहलाई प्रभावित गर्ने क्षमता भएको छ, तर ऊ संगठनमा नयाँ हो भने उसलाई तुरुन्तै नेतृत्वतहमा लगिँदैन । फेरि पार्टी नेतृत्वको विश्वासपात्र नभई संगठनको नेतृत्वतहमा पुग्ने संरचना हामीकहाँ विकास भएकै छैन ।

र यस्ता पनि युवा

सडकमा हुने आन्दोलन र जुलुसलाई पाखेहरूको जमात भन्दै मुन्टो बटार्ने सहरी युवा मनोरन्जन गर्न र डिस्कोमा नाच्न अघि सर्छन् । सहरमा घर भएका र सरकारी जागिर भएका कर्मचारीका छोराछोरी डिस्को र पबतिर रमाइरहेका छन् । राजनीतिक उतार-चढाबको असर सत्ता, सडक र सञ्चारमा मात्र होइन,

डिस्कोमा पनि पर्दोरहेछ । राजनीति सप्रेपछि

डिस्को र नाइटक्लबमा युवा खुलमखुला रमाइरहेका छन् । फेरि राजनीति गर्नेहरू गाउँबाट सहर पसेका र वर्षौर्ंसम्म यहाँका गल्ली चहारेकाहरू छन् ।

सहरमा जन्मी, हुर्के, बढेका सहरिया युवाहरू अहिलेको राजनीतिप्रति पूर्ण बेखबर छन् । तर, मलाई लाग्छ, युवाले राजनीति बुझ्नैपर्छ । सबै क्षेत्रका युवालाई राजनीतिले समेट्नुपर्छ ।

म दस वर्षपछिका युवालाई यस्तो कल्पना गर्छु, जहाँ अवसरको अभावले कोही पनि युवा बिदेसिनु नपरोस् । अभिभावक आफ्ना छोराछोरीको प्रतिभालाई सम्मान गरून् । युवाको कुरा राज्यले सुन्न सकोस् । हरेक क्षेत्रको नेतृत्व युवाको हातमा हुनुपर्छ । मुलुकको नीति-निर्माण गर्ने ठाउँमा युवा पुग्नुपर्छ । सबै क्षेत्रका युवा 'रोल मोडल'का रूपमा प्रस्तुत हुनुपर्छ । युवा नै सफल उद्यमि देखिनुपर्छ । युवाका मुद्दा हेरिने निकाय बन्नुपर्छ ।

प्रस्तुतिः दीपक सापकोटामैले देखेका युवा

प्रस्तुतिः दीपक सापकोटा

Comments

Popular posts from this blog

Nagarjuna’s Seventy Verses on Emptiness

Nagarjuna’s Seventy Verses on Emptiness Nagarjuna (who lived during the second century C.E) is regarded as the founder of the Madhyamaka school of Mahayana Buddhism. His most important work was the Mulamadhyamaka-karika (‘Fundamental Verses on the Middle Way’). Other important works included the Yuktisastika (‘Sixty Verses on Reasoning’), and the Shunyatasaptati (‘Seventy Verses on Emptiness’). Nagarjuna’s most important disciple, Aryadeva (second century C.E.), became a leader of the Madhyamaka school. Arydeva’s best-known work was the Catuhshatakastava (‘Four Hundred Verses’). The teachings of the Madhyamaka School were based on the Prajna-paramita (‘Perfection of Wisdom’) sutras, ancient scriptures dating from the first centuries B.C. and C.E. Madhyamaka means ‘Middle Way.’ A Madhyamika is a follower of the Middle Way. Another important development in Mahayana Buddhism was the Yogachara School, founded by Vasubandu and by Asanga (in the fourth century C.E.). While...

10 Great Geek Hacks: Repurpose Everyday Objects & Get The Most Out Of Your Electronics

10 Great Geek Hacks: Repurpose Everyday Objects & Get The Most Out Of Your Electronics By Nancy Messieh If you’re looking for a way to get the most out of old everyday objects that have become obsolete, like cassette tapes and CD’s, or want to put everyday objects like binder clips, bread clips and ceramic bowls to good use, we’ve put together a list of 10 really cool geeky ideas to upcycle, hack and reuse things lying around your house. There is no end to the ways that you can put all your old gadgets and bits and pieces to good use – just browse Pinterest for 10 minutes and you’ll find a hundred and one cool projects to keep you busy all weekend. Our list sticks to the more geeky gadgetry that we know MakeUseOf’s readers will love. Use a Ceramic Bowl Instead Of Speakers If you’d rather spend your money on a decent pair of earphones, you can always turn to an everyday object you most definitely have to enhance your at-home listening with your iPod, iPhone, or any other smartphon...