Skip to main content

हामी किन गरिब छौं ?

हामीमध्ये धेरैले ध्यान दिएको हुनुपर्छ, कतिपय मानिससँग सफलताका लागि आवश्यक हरेक साधन हुन्छन् । सुखी परिवार, प्रशस्त सम्पत्ति, राम्रो शरीर अनि पर्याप्त बुद्धि विवेक, तर पनि उनीहरू सफल देखिँदैनन् वा सफल भएको महसुस गर्दैनन्, अर्कातिर यस्ता व्यक्ति पनि हुन्छन्, जो यी सबै कुरा पर्याप्त मात्रामा नभए पनि सफल हुन्छन्, सफलताको अनुभव गर्छन् । सफलताका पछाडि मानिसको सोच्ने, बोल्ने अनि व्यवहार गर्ने दृष्टिकोणको प्रमुख भूमिका हुन्छ । यिनका अगाडि हामीसँग भएका स्रोत-साधन र सम्पत्ति सबै ओझलमा पर्छन् ।

यो तथ्य हुँदाहुँदै पनि हामी मानवजातिको सफलताको मूल्यांकन गर्ने मनोवैज्ञानिक दृष्टिकोण भने अझै परिवर्तन हुन सकेको छैन । अझै पनि हामीमध्ये प्रायः यही सोच्छौं कि धन-सम्पत्ति नै हाम्रो सफलताको प्रतीक हो । धनी र गरिबको सोच्ने तरिकामा विद्यमान केही भिन्नताका केही उदाहरण हेरौंः

गरिब व्यक्तिले गर्ने कुराः

प्रायःजसो आफ्ना समस्या र आफूमाथि भएका अन्यायको कुरा ।

भर्खर घटेका नकारात्मक समाचारका कुरा ।

आफ्नो दुर्भाग्यका लागि धेरै जनामाथि आरोप लगाउनु ।

परिवारका सदस्यको अल्छीपन तथा धेरै दुःख दिने सन्तान भएको गुनासो ।

कसैलाई कुनै जमानामा गरेको गुणको कुरा घरि-घरि दोहोर्‍याइरहनु ।

लगानी गर्ने अवसर पाए भविष्य र उपलब्धि नसोची कुनै ठूलो जस्तो देखिने कुरामा लगानी गर्नु ।

धनी व्यक्तिले गर्ने कुराः

आफूले सिकेका-भोगेका नयाँ सीप र प्रविधिका बारेमा कुरा गर्छ ।

लगानीका विकल्प र उपायका बारेमा कुरा गर्छ ।

आफूलाई प्रेरणा दिने र अघि बढाउने व्यक्तिका बारेमा धेरै कुरा गर्छ ।

आफूले भोगेका सकारात्मक अनुभवका बारेमा कुरा गर्छ ।

आफूलाई हौसला दिने वस्तुका बारेमा कुरा गर्छ ।

आफ्ना दीर्घकालीन लक्ष्य र उद्देश्यका बारेमा कुरा गर्छ ।

गरिब व्यक्तिहरू यी कुरामा विश्वास गर्छन्ः

धेरै पैसा भए जो-कोही पनि सुखी र सफल हुन्छन् ।

धनी र गरिबमा सन्तुलन राख्न धनी व्यक्तिहरूले गरिबलाई आर्थिक सहयोग गर्नुपर्छ ।

सपना पूरा गर्न जति मरिमेटेर लागे पनि भाग्यले साथ नदिएसम्म सफलता पाइँदैन ।

अल्पकालीन समाधान नै अहिलेको आवश्यकता हो ।

धनी व्यक्तिहरू यी कुरामा विश्वास गर्छन्ः

बलियो पारिवारिक सम्बन्धले नै मानिसलाई खुसी र सुखी बनाउँछ ।

पैसा लक्ष्यसम्म पुग्ने एउटा माध्यम मात्र हो ।

आत्मोन्नति, लगनशीलता र मेहनतको फल हो पैसा ।

नयाँ-नयाँ प्रविधि र स्रोतको विकास भैरहेको अवस्थामा आफूले अझै धेरै सिक्न र भोग्न बाँकी छ ।

अल्पकालीन समाधानले कालान्तरमा राम्रो फल दिँदैन ।

गरिब व्यक्तिहरूको स्वभावः

आफ्नो पैसा लापर्वाह ढंगले कुनै यस्तो कुरामा खर्च गर्छन् जसले उनीहरूलाई तत्कालका लागि सन्तुष्टि दिन्छ र आफूलाई ठूलो मान्ने अवसर पनि, जस्तै, धूमपान-मद्यपानका वस्तुमा, कुनै मनोरञ्जनका साधनमा, अनावश्यक विलासिताका वस्तुमा ।

आफ्नो स्वास्थ्यमा ध्यान दिँदैनन्, जस्तो भेट्यो त्यस्तै खान्छन्, शारीरिक अभ्यास गर्दैनन् अनि आफ्नो बानी परिवर्तन गर्न पहल गर्दैनन् ।

जीवनमा घटेका हरेक घटनालाई नकरात्मक रूपमा हेर्छन् ।

आफ्नो बाटोमा आएका हरेक बाधा अड्चनलाई आफ्नो नियन्त्रणबाहिरको वस्तु मान्छन् ।

जिन्दगीको असफलतालाई ग्रहदशाको दोष अनि आफ्नो दुर्भाग्य मान्छन् ।

आलोचित भएको स्थिति र आकस्मिक परिस्थितिमा आक्रोशित ढंगमा प्रस्तुत हुन्छन् ।

धनी व्यक्तिहरूको स्वभावः

आफ्नो पैसा कुनै यस्तो कुरामा लगानी गर्छन्, जुन कालान्तरमा फाइदाजनक होस् र उपयुक्त ढंगले प्रयोग गर्न पाइयोस् ।

आपत्कालीन स्थितिमा प्रयोग गर्न केही रकम पहिले नै आफ्नो खातामा राख्छन् ।

आफ्नो स्वास्थ्यको ख्याल गर्छन् ।

सन्तुलित खाना खान्छन्, नियमित व्यायाम गर्छन्, नियमित स्वास्थ्य जाँच गराउँछन् ।

फुर्सदमा परिवारसँग रमाउँछन्, पुस्तक पढ्छन् ।

असफलतालाई अघि बढ्न पाएको नयाँ पाठका रूपमा लिन्छन् । आलोचनालाई सुझावका रूपमा लिन्छन् ।

सरसर्ती हेर्दा एकदम स्वाभाविक कुरा हो- धनी व्यक्तिसँग पहिले नै प्रशस्त पैसा हुन्छ, जसका कारण उनीहरू राम्रो खाना, उपयुक्त लगानी, दीर्घकालीन बचतको उपभोग सजिलै गर्न सक्छन् । अर्कातिर गरिब व्यक्तिसँग कुनै बचत अनि जगेडा पैसा नभएका कारण नै सस्तो खाना, सस्तो लगानी, फुर्सदमा बाहिर घुम्ने खर्च गर्न सक्ने क्षमता नहुनुजस्ता कारण गरिब असफल व्यक्ति हो भन्ने अन्धो दृष्टिकोणको उपज हुन सक्छ । सकारात्मक सोच, उन्नतिमूलक मनस्थिति एवं दीर्घकालीन योजनाको परिणाम पैसा हो कि ? यी कुरा पैसाका परिणाम हुन् भन्ने कुराचाहिँ बुझ्न अलि कठिन नै छ ।

Comments

Popular posts from this blog

Nagarjuna’s Seventy Verses on Emptiness

Nagarjuna’s Seventy Verses on Emptiness Nagarjuna (who lived during the second century C.E) is regarded as the founder of the Madhyamaka school of Mahayana Buddhism. His most important work was the Mulamadhyamaka-karika (‘Fundamental Verses on the Middle Way’). Other important works included the Yuktisastika (‘Sixty Verses on Reasoning’), and the Shunyatasaptati (‘Seventy Verses on Emptiness’). Nagarjuna’s most important disciple, Aryadeva (second century C.E.), became a leader of the Madhyamaka school. Arydeva’s best-known work was the Catuhshatakastava (‘Four Hundred Verses’). The teachings of the Madhyamaka School were based on the Prajna-paramita (‘Perfection of Wisdom’) sutras, ancient scriptures dating from the first centuries B.C. and C.E. Madhyamaka means ‘Middle Way.’ A Madhyamika is a follower of the Middle Way. Another important development in Mahayana Buddhism was the Yogachara School, founded by Vasubandu and by Asanga (in the fourth century C.E.). While...

10 Great Geek Hacks: Repurpose Everyday Objects & Get The Most Out Of Your Electronics

10 Great Geek Hacks: Repurpose Everyday Objects & Get The Most Out Of Your Electronics By Nancy Messieh If you’re looking for a way to get the most out of old everyday objects that have become obsolete, like cassette tapes and CD’s, or want to put everyday objects like binder clips, bread clips and ceramic bowls to good use, we’ve put together a list of 10 really cool geeky ideas to upcycle, hack and reuse things lying around your house. There is no end to the ways that you can put all your old gadgets and bits and pieces to good use – just browse Pinterest for 10 minutes and you’ll find a hundred and one cool projects to keep you busy all weekend. Our list sticks to the more geeky gadgetry that we know MakeUseOf’s readers will love. Use a Ceramic Bowl Instead Of Speakers If you’d rather spend your money on a decent pair of earphones, you can always turn to an everyday object you most definitely have to enhance your at-home listening with your iPod, iPhone, or any other smartphon...